प्रतिनिधि सभा बैठक बस्दै, प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने

काठमाडौं - आइतबार स्थगित प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ । यसअघि हिजो आइतबार पनि बैठक सुरु भएको केहि समयमै स्थगित भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।