सदनकाे अबराेध हटाउन सभामुखको पहल, बजेट पारित गर्ने समयसीमा ख्याल गर्न आग्रह

काठमाडाैं -  सभामुख  देवराज घिमिरेले  सदनको अवरोध हटाउने विषयमा छलफल गरेका छन्।

सदन अवरोध हटाउन सभामुखले साेमबार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका हुन्। प्रमुख विपक्षी सहित विपक्षी दलहरुले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरुसँग छलफल गर्ने बताएका छन्।

दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरु निस्किएका छन्। सभामुखले बजेट पारित गर्ने समयसीमालाई ख्याल गर्न आग्रह गरेका छन्। सभामुख घिमिरेले समय लिएर भएपनि संसद चलाउने विषयमा सहमति गर्न आग्रह गरेका थिए।