प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने सबै शब्द रेकर्डबाट हटाउन सभामुखको रूलिङ

काठमाडौँ - सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कदा ‘भैँसीमा चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउन रूलिङ गरेका छन् ।

प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको भन्ने शब्द प्रयोग गरेपछि संसदमा हंगामा भएको थियो । शब्द प्रयोग भएपछि सत्तापक्षले उठेर विरोध जनाउँदै नियमापत्ति जनाएका थिए ।