संसदमा एमाले अध्यक्ष ओलीले के भने ?

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रोटोकल पालना नगरिएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलका क्रममा अन्यलाई नराखेर छोरीलाई राखिएको विषयमा असन्तुष्टि जनाउँदै ओलीले आपत्ति जनाएका हुन् ।