४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो।