बैतडीमा भिरबाट खसेर स्वास्थ्य  स्वयंसेविकाको मृत्यु  

काठमाडौँ । बैतडीमा भिरबाट खसेर एकजना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ।

शिवनाथ गाँउपालिका( ५ कफाडीकी ३४ वर्षीया बिन्दु चन्दको मंगलरबार बिहान घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो।

स्थानीय कोट भिरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी उदयदेव आधारभूत स्वास्थ्य केन्द्रमा १३ वर्षदेखि स्वंयसेविकाको रुपमा कार्यरत थिइन्।