गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा सुनवाई हुँदै

काठमाडौँ - गौर नरसंहारको १६ वर्ष पछि आज सर्वोच्च अदालतमा सुनवाई सुरु हुँदैछ।

सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो  दर्ता भएको रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई बिपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाई हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ।