बुद्ध पूर्णिमामा १३९ वर्षपछि देखा पर्दै उपछायाँ चन्द्रग्रहण

काठमाडौँ - चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ। यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो ।

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ। बैशाख २२ गते राति ८ बजेर ४४ मिनेटदेखि सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ। यो चन्द्रग्रहणको कुल अवधि ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडिबाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने भएकाले सबैतिरबाट यो देखिँदैन ।