पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या

 काठमाण्डौँ - पाकिस्तानमा ५ जना शिक्षकसहित ८ जनाको गोली हानी हत्या भएको छ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा पाँच जना शिक्षकसहित आठ जनाको ज्यान गएको हो ।

पाकिस्तानका राष्ट्रपति डा। आरिफ अल्वीको कार्यालयले घटनाको भर्त्सना गरेको बीबीसी हिन्दीले जनाएको छ । कुर्रम जिल्ला प्रहरी प्रवक्ताका अनुसार शालुजन भन्ने ठाउँमा नचिनेका व्यक्तिले विद्यालय बाहिर कारमा फायरिङ गरेका थिए । जसमा परेर एकजना शिक्षकको ज्यान गएको छ ।