टोपबहादुर रायमाझी सम्पर्कविहीन

 काठमाण्डौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहीन भएको  छन् । नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलाई पनि प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री दाहालसँग रायमाझीको विषयमा कुरा गर्न ओली बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण पनि गराए । यही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ । यस प्रकरणमा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको र थप १० जनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।