शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

 काठमाण्डौँ - यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १२ करोड ६४ लाख बढीको सेयर कारोबार भयो । हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख,पोखरा फाइनान्सको ११ करोड ७० लाख,आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.५६ प्रतिशतले बढ्यो । यो दिन साधना लघुवित्तको सेयरमूल्य ८.७२ र समता घरेलु लघुवित्तको सेयरमूल्य ८.७२ प्रतिशतले बढ्यो ।  यो दिन पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९२ प्रतिशतले घट्यो ।  त्यस्ते सिंगटी हाईड्रोको सेयरमूल्य ७.५५ प्रतिशत र हिमालयन डिष्टिलरीको सेयरमूल्य ६.३३ प्रतिशतले ओरालो लाग्यो ।