एमालेले बोलायो केन्द्रीय कमिटी र सचिवालय बैठक बस्दै 

 काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

यसअघि २५ वैशाखमा बस्नेगरी  केन्द्रीय कार्यालयको र २९ वैशाखदेखि तीन दिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । केन्द्रीय कमिटी बैठक भने २९ देखि ३१ वैशाखसम्म चल्नेगरी बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरुविरुद्ध जारी पक्राउ पुर्जीलागयतका विषयमा छलफल हुनेछ ।