काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, दिल्ली पहिलो बन्यो !

काठमाडौँ - आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित शहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई  एक सय ७७ पुगेको छ । 

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क एक्यूआई  एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क एक्यूआई  एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक एक्यूआई  एक सय ८५ रहेको थियो । 

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित शहरको रुपमा भने भारतको दिल्ली शहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई०  दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ शहर विश्वकै तेस्रो प्रदूषित शहरको रुपमा सूचीकृत भएको छ ।