आइएमई लाइफको लाभांश संशोधन, अब कति तोकियो बोनस र नगद ? 

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश संशोधन भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । अब कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ ।