सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै

काठमाडौँ - सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

अपरान्ह पाँच बजे बस्ने बैठकले सरकारका विषयमा निर्णय गर्ने बताइएको छ ।  सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेको छ। तर अब सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्ने एक नेताले बताए ।

आजको बैठकमा सहभागीहरुले आआफ्नो धारणा राख्ने र त्यसैका आधारमा पार्टीले निर्णय लिने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
रास्वपा अध्यक्ष रवि लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा सर्वाधिक मतान्तरले विजयी भएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । उनले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए।