प्रचण्ड–ओलीबीच आज पनि भेटवार्ता हुँदै 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुनेछ ।

यी दुई नेताबीच बिहीबार पनि सिंहदरवारमा भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ । बिहीबार भएको भेटमा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन रु भन्दै आपत्ति जनाए ।