लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

 बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ २ अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।