गोरखा दरबारमा क्रिष्टल राख्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् ।

शुक्रबार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिए ।

क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले यसको ऐतिहासिक महत्व छुट्टै रहेको छ, उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट बहुचर्चित क्वार्ज क्रिष्टल राख्ने काम हुन्छ ।’

गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।