युरोप पठाउने भन्दै श्रीलंकन नागरिक बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

काठमाडौँ । प्रहरीले श्रीलंकन नागरिकलाई युरोपियन मुलुक पठाउने भनी बन्धक बनाउने चार जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशमा पठाउने भनी श्रीलंकन नागरिकहरुलाई नेपालमा बन्धक बनाउने ५७ वर्षीय जुवेर अम्जाद, ६१ वर्षीय मलिक अब्दुल हमिद, ४२ वर्षीय शाहजेहान तानविर र ४४ वर्षीय आरिफ मसिह पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थायी घर पाकिस्तान भएका निजहरुले उनीहरुलाई श्रीलंकाबाट ल्याइ उपत्यकाका विभिन्न स्थानका होटलमा राखी पीडितहरुको पासपोर्ट नियन्त्रणमा लिएको र विभिन्न धाक, धम्की दिइ कुटपीट गर्नुका साथै आफन्तसँग सम्पर्क हुन नदिइएको बताइएको छ ।

उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

बन्धक रहेका श्रीलंकन नागरिकलाई प्रहरीले चैत २२ गते सकुशल उद्वार गरेको छ।