सुनको मूल्य घट्यो कति छ आजको बजार भाउ ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 
यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लाग्दै एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ६ सय १५ रुपैयाँ निर्धारण भएको छ ।