"माओवादीलाई अपराधी बनाए सैैैैैह्य हुँदैन,इतिहास दोहोर्‍याउँँछौँ" : विप्लव

काठमाण्डौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिएका छन् । आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डौमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने चेतावनी दिए । 

उमहासचिव विप्लवले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार नरहेको बताए । उनले भने , ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्गजस्तो, उदासजस्तो, निराशजस्तो, जो मानिसहरूले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नुपर्नेजस्तो के हो यो देशमा रु जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधीजस्तो, मलाई शहीदका छोराहरूले पनि भने– हामी अपराधी हो रु राज्यले के गरिरहेको छ रु सम्मानित हुनुपर्ने मान्छे अपराधीजस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउनेजस्तो, इतिहास यसरी उल्टियो । आज यो सारा माओवादीले बिगार्‍यो, भत्कायो भन्दैछन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू भन्दैछन् । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा रु दुई सर्य वर्षसम्म नागरिकलाई चुसेर अर्बौँ सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् ।