सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । 

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् । 

केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।