एमाले अध्यक्ष ओलीले गरे गठबन्धन सरकारलाई भ्रष्ट र तस्करको चित्रण 

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले( का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गरेका छन् । 

सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताए । आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउँदै २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी समेत गरे ।