संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा पर्यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा
परेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अहिले संघीयताको विरुद्धमा प्रश्न गर्नुभन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको  अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले प्रहरी राजनीतिकर्मीहरुले चलाएका कारण बिग्रिएको भन्दै प्रहरीलाई आफ्नै हिसावले चल्न दिनुपर्ने बताए। उनले पाएका अधिकार सही रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्नेमा उनको जोड रहेको छ । 

उनले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताए।


 ’