विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको २९ वर्षीय कुइ विङचाङलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी चाइना साउथर्नको उडानमार्फत काठमाडौँबाट चीनको गोन्जाउ जान लागेका थिए । जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

अनुसन्धान र कारबाहीका निम्ति उनलाई राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।