रिक्त स्थानमा पदपूर्तिका लागि मतदाता नामावली दर्ता गर्न  निर्वाचन आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै रिक्त रहेका नीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदपूर्ति गर्न नामावली दर्ताको आव्हान गरेको हो ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहायबमोजिम २३ पदहरू रिक्त भएको जानकारी प्राप्त भएबमोजिम उक्त पदहरूमा कानुनबमोजिम उपनिर्वाचन मार्फत  पदपूर्ति गर्न लागेको हो।

मतदाना नामावली ऐन, २०७२ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रायोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।