संसद् बैठक सुरू {LIVE}

 काठमाडौँ - संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ । यो संसद‍्को तेस्रो अधिवेशन हो ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

संघीय सचिवालयका अनुसार बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।