सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद नभएर जनतासँग उत्तदायी भएर काम गर्नुपर्ने बताए ।

उनले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसदमा पेश गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने बताए । 

सभापति लामिछानेले जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएको बताए । उनले सरकारले संसदमा बिजनेस बढी भन्दा बढी दिनुपर्ने बताए ।