कोशीमा कसरी मिल्यो भागबन्डा ? सरकार विस्तारमा मुख्यमन्त्री कार्की !

 विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । 

सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।