डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ ।

यद्यपी उनलाई १० दिन बिदा बसेर आउन भनिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । 

थापाको अनुसार रीतपूर्वक राजीनामा नभएको भन्दै फिर्ता गरिएको बताइएको छ ।  चन्दले शुक्रबार राजीनामा दिएका थिए ।

विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए ।