संसदनमा प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने एमालेको तयारी

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशनमा नेकपा एमालेले प्रतिपक्षको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।

सोमबार दिउँसो ४ बजेदेखि सुरु हुने अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन समेत दिएको छ ।

आइतबार सम्पन्न दलको बैठकमा  निर्णय भएअनुसार विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

दलको बैठकले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ।

यस्तै, बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह समेत गरेको छ।