निसास्सिएर सासुबुहारीको मृत्यु  

काठमाडौँ ।  डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका– १ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

बिहान अबेरसम्म सासू बहारी नउठेपछि घर परिवारका मानिसले खोजि गरेका थिए। उनीहरुलाई बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा सोमबार बिहान ८ बजे अस्पताल पुर्‍याएका थिए ।  अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक नायकले बताए ।

उनका अनुसार मृतक दुबै सासू–बुहारी हुन् । कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान छ ।