गठबन्धन सरकारको  लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भयो : विष्णु पौडेल

काठमाडौँ ।  नेकपा एमालेका उपाअध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताए ।

सोमबार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहेको पौडेलले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताए ।

शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए ।

उपाध्यक्ष पौडेलले अर्थतन्त्रबारे प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइ नै बाझिरहेको बताए । राजस्व परिचानले साधारण खर्च समेत धान्ननसकेको र पुँजीगत खर्चको हविगत समेत चिन्ताजनक रहँदा पनि सरकार गम्भीर नबनेको भन्दै पूर्वअर्थमन्त्री पौडेलले सरकारविरुद्ध सशक्त जनदबाव आवश्यक भएको टिप्पणी गरे ।