त्रिवि उपकुलपतिको विज्ञापन सच्याउन शिक्षामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बोलाएर प्रधानमन्त्री समेत रहेका कुलपति दाहालले विज्ञापन सच्याएर प्रकाशित गर्न निर्देशन दिएका हुन् ।