जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव

 काठमाण्डौँ - जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ । उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । 

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । 
शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।