तिहार गीत ‘झिलीमिली’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं - नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिकाद्वय पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टीमको अभिनय रहेको छ।

सनम तामाङले छायाँकन गरेको यस गीतको भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।