१६ वर्षीया किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा चन्द्रागिरिबाट एक युवक पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।