बाबुराम भट्टराई नेतृत्वको नेसपाले छुट्टै समाजवादी मोर्चा बनाउने

काठमाण्डौँ - सत्ता गठबन्धनको समाजवादी मोर्चामा नअटाएको नेपाल समाजवादी पार्टीले पनि ध्रुवीकरणको प्रयास थाल्ने भएको छ ।
उसले अलग्गै समाजवादी मोर्चाको प्रयास गर्न लागेको हो ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल भएको मोर्चाको सुत्राधार नै डा बाबुराम भट्टराई थिए । नेसपाले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ नारासहित अभियान सुरू गर्दैछ ।

यही अभियानका क्रममा नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरुसँग सम्वाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने योजना अघि सारेको हो । मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।