मध्य मालीमा आतंकवादीआक्रमण, २२ जनाको मृत्यु

काठमाण्डौँ - मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।  यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन् ।

‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए’,  एक अधिकारीले भने, ‘अस्थायी टोलमा डोजो शिकारीसहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन् । 

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो। आक्रमणमा दुलहाको पनि ज्यान गयो’, स्थानीय एक अधिकारीले भने ।   
सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाबाट ग्रस्त छ।