नेतृत्वमा यथास्थितिवादी हाबी भएको नेता खनालको टिप्पणी

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीहरूमा नेतृत्वमा यथास्थितिवादी हाबी भएकाले आफूहरूले पनि पार्टीमा नयाँ नेतृत्व निर्माण गर्न नसकेको बताएका छन् ।

उनले तत्कालै पार्टी नेतृत्व परिवर्तन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरूको मुड पनि नभएको र पार्टीमा यथास्थितिवादी नेतृत्व हुनाले पनि पार्टी सचिएर अगाडि बढ्न यसैमा  सहमति गरिएको बताए ।

उनले पार्टीमा यथास्थितिवादी नेतृत्व भए पनि पार्टीको कार्यक्रम भने समाजवादी क्रान्तिको बाटो भएकाले यसले पार्टीलाई थप नयाँ र प्रभावकारी उचाइमा  पुर्‍याउने दाबी गरेका छन् ।

उनले यो पटकको महाधिवेशनमा नयाँ नेतृत्व आउन नसके पनि अर्को महाधिवेशनमा ऊर्जावान र क्षमतावान नयाँ नेतृत्व आउने दाबी समेत गरे।

पार्टीमा गलत कुराहरू भए सचिएर र सच्याएर अगाडि बढ्ने सहमतिका साथ यो नेतृत्वलाई नै आफूहरूले अनुमोदन गरेको खनालको भनाइ छ।