अत्यधिक गर्मीको कारण आजबाट मकवानपुरका विद्यालय एक हप्ता बन्द

 मकवानपुर - अत्यधिक गर्मी बढेपछि जिल्लाको दुई स्थानीय तहले आजबाट एक हप्ता विद्यालय बन्द गर्ने भएका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले गर्मीको कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक साता विद्यालय बन्द गर्न लागिएको जनाएको छ । हेटौंडा उपमहानगरले आजबाट जेठ २६ गतेसम्म र बकैया गाउँपालिकाले जेठ २७ शनिबारसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।

गर्मीकै कारण जिल्लाको मनहरी गाउँपालिकाले भने आजबाट पालिका भित्रका सामुदायिक विद्यालयहरुमा बिहानी कक्षा सञ्चालन गर्न लागिएको जनाएको छ । पालिकाले अर्को सूचना जारी नभएसम्म आजबाट बिहान ५ः४५ बजेदेखि १०ः३० बजेसम्म पठनपाठन हुने जनाएको छ ।