संघीय संसदमा आजदेखि बजेटमाथि छलफल थालिने

काठमाडौँ - संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि आजदेखि सदनमा छलफल सुरु हुनेछ ।

दुवै बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आव २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।