कालापानीको भुमी साटफेर गर्ने प्रधानमन्त्रीको अभिब्यक्तिको एमालेले जवाफ माग्ने

 काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।

बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए। ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित बिपरित बंगलादेशको सिमासम्म पहुँच पुर्‍याउनका लागि नेपालले कालापानीको भूभाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब्यक्ति दिएको सार्वजनिक भएको छ, यो बिषयमा आइतबारको संसद बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भने। उनका अनुसार प्रधानमन्त्री दाहालको अभिब्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।