सुनको मूल्य आज १७ सय बढ्यो, तोलाको  कतिमा हुँदैछ कारोवार ? 

जेठ २२, काठमाण्डौँ ।  सोमबार तोलामा एक हजार घटेको सुनको मूल्य आज एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात सय कायम भएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य एक लाख ४२ हजार छ । 

चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य एक हजार ८ सय ६० कायम भएको महासंघले जनाएको छ। 
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुन १ लाख ४१ हजार, तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी १ हजार ८ सय ३५ रुपैयाँ थियो ।