अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ आज छिचोलिने

काठमाण्डौँ - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ आज छिचोलिने भएको छ ।

मकालु गाउँपालिकाको आम्राङमा रहेको अडिट २ मा एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ छिचोल्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । ११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

आम्राङमा सुरुङ छिचोलेपछि प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट नै चिचिला गाउँपालिका–३ मा रहेको पुखुवा दोभानको विद्युत् गृह निर्माण क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।