आजको बिनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

अमेरिकी डलरको भाउ बुधबार १० पैसाले घटेको छ । अघिल्लो दिन अर्थात बुधबार डलर ९ पैसाले बढेको थियो । बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा कायम गरिएको छ। यसअघि बुधबार यसको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो ७० पैसाले बढेको छ। बुधबार भने ४१ पैसाले युरोको भाउ घटेको थियो । बिहिबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६ पैसा कायम गरिएको थियो । बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ १० पैसा तोकिएको छ ।