एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाडौँ - नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।