काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बिहिबार नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंकले बढेर ३५७.९१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा नबिल बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज ४ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश शिभम् सिमेन्ट र नबिल बैंकको कारोबार भएको छ ।