दैलेखमा पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना  

काठमाडौँ । दैलेखमा  पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दुल्लु नगरपालिका–३, पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

नेपालगन्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७  नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो ।

वि.सं. २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो ।

सोहीबमोजिम ०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई ०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ ।