मधेश प्रदेश : एमालेका मन्त्रीहरूले दिए राजीनामा

 काठमाडौँ - मधेश प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरूले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले सामूहिक राजीनामा दिएका हुन् ।

गत पुस २७ गते एमालेले समर्थन दिएपछि जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । अब प्रदेशमा केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्नेछ ।